शताब्दीऔं देखि खोकनामा तोरीको तेलको उत्पादन गरी हालसम्म पनि नेपालको हरेक ठाउँमा बिक्रि बितरण गर्दै आइरेको देखिन्छ । गुणस्तरीय तोरीको बीउ नेपालकै चितवन, नवलपरासी र दाङ बर्दिया जिल्लाबाट ल्याइ तेल पेल्ने कार्य गर्दै आइरेहको छ । नेपालको सबैभन्दा मनपर्ने खाना पकाउने तेल मध्ये एक, तोरीको तेल हो । ललितपुर महानगरपालिका वडा नं. २१, खोकनालाई शुद्ध तोरीको तेल उत्पादन गर्ने स्थानको रुपमा नेपालमा प्रख्यात रहेको छ । सो तेल मानवको स्वास्थ्यको लागि राम्रो तेलको रुपमा प्रख्यात देश विदेशका डाक्टरहरु प्रमाणित गरिसकेको छ ।

मानिसहरुको भान्छामा दैनिक प्रयोग गरिने विभिन्न खाने तेल मध्ये शुद्ध तोरीको तेललाई गुणस्तरीय रुपमा उत्पादन गरी नेपालीहरुको भान्छा भान्छामा पु¥याइ नेपालीहरुलाई स्वस्थ तथा निरोगी जिबनयापन गर्नको लागि योगदान उपभोक्ता सहकारी संस्था लि. द्वारा विगत ३ बर्ष देखि मंका तेल मिलको नाम विधिवत रुपमा दर्ता गरी संचालन गर्दै आइरहेको छ ।

तोरीको तेल एक अत्यन्त तिखो, पहेंलो रङको तेल हो जुन थिचिएको तोरीको दानाबाट आउँछ । कच्चा चरणमा, तेलको तीतो, तिखो स्वाद हुन्छ, तर एक पटक यसलाई तताउँदा, तिखोपन मधुरो हुन्छ । तेलले पकाइएका खानेकुराहरूलाई स्वादिष्ट स्वाद दिन्छ । तोरीको तेल धेरै नेपाली घरपरिवारमा पकाउने प्राथमिक तेलको रूपमा प्रयोग गरिन्छ । नेपालीहरूले पनि स्वस्थ वृद्धि बढाउन कपालमा तोरीको तेल लगाउँछन् र दुखाइ र पीडाबाट राहतको लागि मसाज तेलको रूपमा प्रयोग गर्छन् । राम्रो गुणस्तरको तोरीको तेल राम्रोसँग भण्डार गरिएको छ । यो तेल धेरै जसो अचार र चटनीहरूमा प्राकृतिक संरक्षकको रूपमा पनि साँदनको लागि प्रयोग गरिन्छ ।