आदरणीय सदस्य महानुभावहरू तथा शुभचिन्तकज्यूहरू !

योगदान उपभोक्ता सहकारी संस्था लिमिटेड २०६६ साल असार २१ गते तत्कालिन डिभिजन सहाकरी कार्यालयमा दर्ता भई विधिवत रूपमा कारोबार शुभारम्भ गरी ललितपुर महानगरपालिका वडा नं. २१, खोकनामा सञ्चालनमा आएको सहकारी हो ।
सदस्य महानुभावहरूको अविच्छिन्न सहयोग र हौसलाका साथै साथ बलमा निरन्तरको सफलता सहित अघि बढ्न सकेकोमा हर्ष विभोर भएका छौं । एक दशक बढिको यो यात्राका दौरान संस्थाले आर्जन गरेका उपलब्धिहरू यसका समस्त सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम हो । यसका लागि हामी सबै सदस्य महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।

सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशीलतासँगै उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा निरन्तर लागि परेका छौं । यस कार्यलाई थप परिभाषित र परिष्कृत गर्न सदस्यहरूको सृजनात्मक अनि रचनात्मक सल्लाह सुझावहरू आत्मसात गर्दै सञ्चालक तथा व्यवस्थापन समूहको ज्ञान, सीप र अनुभवको सम्मिश्रण गरी दिगो संस्थागत विकासका लागि हामी सधैँ दत्तचित्त छौं ।

आगामी दिनहरूमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं ।

धन्यवाद
जय सहकारी । जय योगदान ।

ज्ञानेन्द्र महर्जन
अध्यक्ष